सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात सुरु,जनजीवन प्रभावित

Image
maya metro

दार्चुला – सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात सुरु भएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला दार्भुला र बाजुरमा हिमपात सुरु भएको हो ।

आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुला र बाजुरका विभिन्न क्षेत्रमा हिमपात भएको हो । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।

nisarga

हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपिहिमाल गाउँपालिकाका स्थानीय बालमती बोहराले जानकारी दिए । हिमपातपछि हिमाली र उच्च पहाडी क्षेत्रका बस्तीमा चिसो बढेको उनले बताए ।

सदरमुकाम खलंगासहित विभिन्न स्थानमा हल्का वर्षा समेत भइरहेकोले जिल्लाभरी चिसो बढेको छ ।

त्यस्तै बडिमालिका बुढीनन्दा जगनाथ मिाली स्वामिकिार्तिकलगायतका उच्च स्थानमा हिउँ पर्न सुरु भएपछि अहिले यहाँको जनजिवन निकै बनेको छ । यहाँ बाक्लो हिमपात भएपछि अहिले यहाँका बासिन्दाहरुलाई दैनिक कामकाजमा कठिन भएको छ ।