डोटीको बडीकेदारमा देउवा र गगनको तस्वीर राखेर कांग्रेस अधिवेशन

Image
maya metro

डोटी – डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाको तस्वीर ब्यानर राखेर अधिवेशन गरिएको छ ।

पार्टीको १५औं महाधिवेशनअन्तर्गत गाउँ–नगर अधिवेशनका क्रममा बुधबार बडीकेदारमा पूर्वसभापति देउवा र सभापति थापाको तस्वीरसहितको ब्यानर राखेर अधिवेशन गरिएको हो ।

nisarga

आन्तरिक विवादका बीच जारी तल्लो तहका अधिवेशनमा देउवा समूहको सहभागिता नरहेका बेला बडीकेदार गाउँपालिकामा अधिवेशन उद्घाटन समारोहमा फरक दृष्य देखिएको छ ।

यसबारे कांग्रेस बडीकेदारका निवर्तमान सभापति करुणाकर जोशीले पूर्वसभापति देउवा र सभापति थापाको तस्वीर ब्यानरमा राखिएको विषयमा अनभिज्ञता जनाए ।

‘ब्यानर किन त्यस्तो राखियो थाहा भएन । ब्यानर बनाउने जिम्मा सचिवलाई थियो,’ उनले भने, ‘उहाँले नबुझेर बनाउनु भयो कि ! मलाई थाहा भएन ।’ अधिवेशनले वीरेन्द्र कोटकेनीलाई पालिका सभापति चयन गरेको पनि जोशीले जानकारी दिए ।