
अत्तरिया – कैलालीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका वडा नम्बर-६ बनबेहडाकी पार्वती साउँदको रुखबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

शुक्रबार बाह्रबनमा घाँस काट्न गएको बेला रुखबाट लडेर पार्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।













