
अत्तरिया – घर तथा होटलहरुमा प्लास्टिकका ‘चपिङ बोर्ड’ प्रयोग नगर्न आग्रह गरिएको छ ।
खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनगढीका नायब प्राविधिक सहायक तोयनाथ ओझाले तरकारी लगायतका खाद्य वस्तु काट्दा प्रयोग हुने प्लास्टिकका ‘चपिङ बोर्ड’ प्रयोग नगर्न होटल व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।

ओझाले प्लास्टिकका चपिङ बोर्डमा काटिएको खानेकुरा खाँदा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै यसको प्रयोग नगर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

उनले होटल तथा खाद्य व्यवसाय सञ्चालन गर्ने व्यवसायीले खाद्य वस्तुको गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिनुपर्ने बताए ।
उपभोक्तालाई पनि खाद्य सामग्री खरिद गर्दा त्यसको स्वच्छता, गुणस्तर तथा राख्ने तरिकाबारे सचेत हुन ओझाले आग्रह गरेका छन् ।
गोदावरी नगरपालिकाले बजार अनुगमनका क्रममा होटलहरुमा प्रयोगमा रहेका प्लास्टिकका चपिङ बोर्ड बरामद गर्न थालेको छ।
बजारमा प्रयोग भइरहेका यस्ता बोर्ड बरामद गरी प्रयोगमा रोक लगाइ काठका चपिङ बोर्ड प्रयोग गर्न सुझाव दिइएको छ ।















