
अत्तरिया – कैलालीको अत्तरियामा आयोजना हुन लागेको स्वास्थ्य युवा महोत्सव २०८३ को समय सारिएको छ।
कार्तिक १३ देखि १८ गतेसम्म आयोजना हुने भनिएको महोत्सव अब मंसिर २ गतेदेखि ६ गतेसम्म हुने भएको हो।

मौसम विभागले उक्त समयमा मौसम प्रतिकूल रहने भन्दै बुलेटिन जारी गरेपछि कार्यक्रमको समय सारिएको आयोजकले जनाएको छ।
समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा स्वास्थ्य महोत्सव महोत्सव आयोजना हुँदै छ ।





























