
जनकपुरधाम – धनुषाबाट १० दिनदेखि बेपत्ता धनुषाको नगराइन नगरपालिका ७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा मृ*त फेला परेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार घर भन्दा करिब अढाई किलोमिटर उत्तर धानखेतमा बालकको शव एकछिन अघि फेला परेको हो ।

गत कार्तिक ४ गते दशैं टिकाको दिन बालक घरबाट निस्केका थिए । उनी बेपत्ता भएदेखि गाउँ तथा घररिवार चिन्तामा थिए ।
परिवारजन तथा प्रहरी निरन्तर खोजिरहेपनि साकेत फेला पर्न सकेका थिएनन् । नजिकका गाउँघर तथा वरपर रहेका पोखरी झाडी सबैमा प्रहरीले खोजेको थियो ।
घटनास्थल पुगेर अनुसन्धान थालेको डीएसपी खनालले बताए । बालकको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।































