सडक दुर्घटनामा डडेल्धुराका तीन जनाको मृत्यु, एक जना गम्भीर घाइते

Image
maya metro

डडेल्धुरा – भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा आलिताल गाउँपालिका–६ भौनाकी मिना महरा, उनकी सानी छोरी र सोही ठाउँका भक्त धामीकी छोरी निर्मला धामीको मृत्यु भएको जनाइएको छ ।

nisarga

उनीहरू रोजगारीका लागि भारतको शिमला जाने क्रममा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा मिना महराका श्रीमान् गम्भीर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।