स्वास्थ्य युवा महोत्सवको सम्पूर्ण तयारी पूरा, बिहान साढे ८ बजे उद्घाटन हुने

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया भोलिदेखि सुरु हुने स्वास्थ्य युवा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।

गोदावरी-२ तेघरीस्थित पार्टनर प्यालेसमा हुने महोत्सवको उद्घाटन भोलि बिहान साढे ८ बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

nisarga

महोत्सवमा सुदूरपश्चिम प्रदेशका सरकारी तथा निजी अस्पतालमा कार्यरत विभिन्न चिकित्सकहरूको सहभागिता रहनेछ। महोत्सव अवधिभर सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिन पाउनेछन्।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा सर्वसाधारणलाई स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्स र कैलाली चेम्बर अफ कमर्स र गोदावरी चेम्बर अफ कमर्सको आयोजनामा महोत्सव हुन लागेको हो।