उज्यालो नेपाल पार्टी स्थापनाको एक वर्ष पुरा, सुदूरपश्चिम प्रदेश समितिले मनायो स्थापना दिवस

Image
maya metro

अत्तरिया – कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले आफ्नो प्रथम स्थापना दिवसका अवसरमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा पार्टीको सुदूरपश्चिम प्रदेश समितिले पनि पहिलो स्थापना दिवस मनाएको छ । समितिले गौरीगंगा नगरपालिका वडा नम्बर ३ स्थित कुचैनीमा स्थापना दिवस मनाएको हो ।

nisarga

पार्टीको सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष दिलीप आर्चायको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य मनोज जैगडी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य जैगडीले उज्यालो नेपाल पार्टी निमुखाहरुको पार्टी भएको बताए । नागरिककको गास, बास कपासको दायित्व राज्यको भएकोले सुकुम्बासीहरुलाई बसेको ठाउँबाट हटाउन नमिल्ने उनले बताए ।

सुकुम्बासीका मुद्धादाई राजनितिक मुद्धा मात्रै बनाउने दललाई अब चिनेर पाखा लगाउनुपर्ने उनको भनाई थियो । उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङ काम प्रमाणित गरेर उदाएका नेता भएकोले जनताले अहिले कुलमान खोजिरहेको जैगडीले बताए ।

पार्टीको सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष आर्चायले देशमा भ्रष्टाचार रोक्न, रोजगारी सिर्जना गर्न कुलमान आवश्यक भएको बताए ।

उज्यालो नेपाल पार्टीका नेताहरू आफैँ नेता बन्नुभन्दा पनि अरूलाई नेतृत्वमा स्थापित गर्नका लागि घरदैलोमा खटिरहेको बताएका छन्।

मुलुकमा भएको जेन–जी आन्दोलनपछि नयाँ राजनीतिक शक्तिहरूको उदय हुने क्रममा २०८२ सालमा घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टीको स्थापना भएको थियो।

सुशासन प्रवद्र्धन, स्वदेशमै रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रणको मूल मुद्दासहित स्थापित यस पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको हो।