
अत्तरिया – छोरीका लागि छोरी संस्था नेपाल अन्तर्गत कैलालीको अत्तरियामा न्यानो कपडा वितरण तथा संकलन अभियान सञ्चालन भएको छ ।
सामाजीक अभियन्ता यसोदा भट्टले कैलाली बाट नेतृत्व गर्दै अभियान संचालन गरेकी हुन् । अभियन्ता भट्ट तथा सामाजीक क्षेत्रमा काम गर्दै आईरहेको थ्री डीभिएल क्रियसन सँस्थाको सहकार्यमा उत्त सँस्थाले सुदुरपश्चिमका ९ ओटै जील्लामा अभियान संचालन गर्ने जनाइएको छ ।

केन्द्रीय कार्यालय चितवनको भरतपुरमा रहेको छोरीका लागी छोरी सँस्थाले ७७ ओटै जील्लामा न्यानो कपडा वितरण अभियान चलाउने बताईएको छ । उत्त अभियानले विपन्न परिवारलाई न्यानो कपडा सहयोग गर्ने जनाईएको छ ।
















