धनगढीमा घरबेटीलाई लड्डु खुवाएर भाडामा बस्नेले गरे लुटपाट

Image
फाईल फोटो
maya metro

धनगढी – धनगढीमा भाडामा बस्दै आएका २ व्यक्ति आफ्नै घरबेटीलाई लुटेर फरार भएका छन्। धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा बस्दै आएका प्रशुराम बाँनियाको घरमा लुटपाट भएको हो।

गत पुस १५ गतेदेखि भाडामा बस्दै आएका २ भारतीयले लुटपाट गरी फरार भएको बाँनियाले बताए। बेहोस भएका दम्पतीको धनगढीस्थित निर्सग हस्पिटलमा उपचार भइरहेको छ। आइतबार राति आफूहरुलाई लड्डु(मिठाईं) खुवाएर बेहोस बनाएको बाँनियाले बताए। होस आएपछि घरबाट दुई थान मोबाइल सेट, दुई सिक्री, एक सुनको ब्रेसलेट, औँठी र चाँदीसहित नगद चोरी भएको पत्तो पाएको प्रशुराम बाँनियाले बताए। घरका सबै सदस्यले मिठाईं खाएकाले चोरीबारे कसैले जानकारी नपाएको उनको भनाई छ।

nisarga

भाडामा बस्ने ती व्यत्तिको बारेमा बाँनीया परिवारलाई विस्तृत जानकारी नभएकाले अर्को पाटोबाट अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।