
काठमाडौं – चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरीले १६ जना बिचौलियालाई पक्राउ गरेको छ।
यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई छिटो काम गर्दिन्छौं भनेर अनावश्यक हैरानी दिएको आरोपमा १६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

महाशाखाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरीका सुविन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी, धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुंगाका वीरेन्द्र कटुवाल र तनहुँका सुशान्त राजभण्डारी छन्।
त्यस्तै मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका बिशाल मेचे, ओखलढुंगाका विवेक न्यौपाने, ललितपुरका रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














