ओमिक्रोनबाट १८ को मृत्यु

Image
maya metro

डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरिएन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ।

डेनमार्कका स्वास्थ्यकर्मीले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बरको अन्तिमसम्म ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भइसकेको बताएका छन्।

nisarga

डेनमार्कसहित फ्रान्स, ग्रिस, पोर्चुगल, इटाली, बेलायतलगायत अन्य युरोपेली देशमा पछिल्ला केही सातायता ओमिक्रोन संक्रमितको संख्या बढिरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

पछिल्ला दिन क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा भएका जमघटका कारण पनि युरोपमा कोरोना तीव्र गतिमा फैलिएको अनुमान छ।

डेनमार्कमा ओमिक्रोनको संक्रमण बढ्दै गएको जानकारी सरकारी अधिकारीले दिएका छन्।