नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर–४ को सभापतिमा सुरत कार्की विजयी, अरु को को?

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर–४ को सभापतिमा सुरत बहादुर कार्की विजयी भएका छन् । सभापतिसहित २१ पदका लागि मंगलबार मतदान भएको थियो ।

४८७ मत प्राप्त गर्दै कार्की निर्वाचित भएको निर्वाचन संयोजक शिवराज जोशीले बताएका छन् । त्यस्तै उनका प्रतिद्धन्दी विजय बहादुर कुँवरले ९७ मत प्राप्त गरेका छन् ।

nisarga

महाधिवेशन प्रतिनिधि खुल्ला महिलामा तुलसी देवकोटा, ईश्वरी कठायत, ललिता पाठक र ईश्वरी रावल विजयी भएका छन् । देवकोटाले ४५५, कठायतले ४४० मत, पाठकले ३९६ र रावलले ३८५ र मत प्राप्त गरेका छन् ।

महाधिवेशन प्रतिनिधि खुल्ला महिलाका अन्य उम्मेदवारहरु मेनका जोशीले र २७७ नन्दा बमले २२७ मत प्राप्त गरेका छन् । त् यस्तै महाधिवेशन प्रतिनिधि खुल्ला अन्तरगत ५६० मतसहित मतसहित गोरख बहादुर विष्ट (आनन्द), ४५२ मतसहित लोक राज पाण्डेय (आगो), ३८८ मतसहित ध्रुवराज भट्टराई, ३४६ बसन्त रोकाया निर्वाचित भएको संयोजक जोशीले बताएका छन् ।

त्यस्तै ३४४ मतसहित खेम बहादुर साउँद, ३२९ मतसहित पुष्पराज जोशी, ३०८ मतसहित विष्णु प्रसाद भाट, ३०६ मतसहित भोज बहादुर बम, २८१ मतसहित पदमराज भट्ट र २८० मतसहित रोशन सिंह विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधि खुल्ला अन्तरगतका अन्य उम्मेदवारहरु टिका राम ढुंगाना जैसीले २७४, कमल कान्त पन्तले १७२, राजेन्द्र प्रसाद जोशीले १५८, राजेश पाठकले १६३ र हेम प्रकाश उप्रेतीले २२४ मत पाएका छन् ।

त्यस्तै प्रकाश बहादुर देउवाले २३० मत, प्रभाकर भण्डारीले १२४, भेष बहादुर बमले २१७, विवेक कुमार कठायतले १४६ र तर्कराज भट्टले ९८ मत पाएका छन् ।

पेशागत विज्ञबाट टेकराज अवस्थी विजयी भएका छन् । अवस्थीले २९८ मत पाउँदा उनका प्रतिद्धन्दी टेक कडायतले १९६ र प्रेम चन्दले ८३ मत पाएका छन् । त्यस्तै युवा महिलातर्फ रोशनी शाहविजयी भएकी छिन् । उनले ३४७ मत पाउँदा प्रतिष्पर्धी भगवती जोशीले २५० मत प्राप्त गरिन् ।

युवा खुल्लाबाट दिपकराज ओझा र भुवन महरा विजयी भएका छन् । ओझा ४०६ र महरा २५७ मतसहित विजयी भएका हुन् । युवा खुल्लाका अन्य उम्मेदवारहरु डण्डी राज जोशीले २१४ र विरेन्द्र खड्काले २०३ मत पाए ।

त्यस्तै प्रजातन्त्र सेनानी/शहिद परिवार/द्वन्द्व प्रभाविततर्फमा विक्रम बहादुर खड्का ४१४ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी राम सिंह ठकुरीले १५२ मत पाएका छन् ।

आदिवासी जनजातितर्फ यज्ञराज चौधरी विजयी भएका छन् । चौधरीले ४७० मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी प्रेम बहादुर सुर्जा मगरले १५७ मत पाएका छन् ।

जम्मा २१ जना चयन हुने अधिवेशनमा ४१ जना उम्मेदवार रहेका थिए । ७२५ जना प्रतिनिधि मतदाता रहेको अधिवेशनमा ६८९ जनाले मतदान गरेका थिए । क्षेत्रीय सभापतिका लागि सुरत कार्की र विजय कुँवर गरि दुई जना उम्मेदवारले प्यानलसहित उम्मेदवारी बनेका थिए ।

हिजो दिउँसो ३:३० बजेदेखि सुरु भएको मतगणनाको अन्तिम मतपरिणाम आज बिहान ९ बजे सार्वजनिक भएको हो । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको यहि असोज १८ गते उद्धघाटन हुँदै छ ।