कैलालीमा क्रेन र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

Image
maya metro

धनगढी – कैलालीमा क्रेन र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीमा क्रेन र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार कञ्चनपुरको बेलौरी नगरपालिका ५ का नेघुलाल चोधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको र१क ११३० नम्बरको क्रेन र विपरित दिशाबाट आउँदै गरेको से४प ६०२१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकीएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल चालक चोधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाईएको छ ।

nisarga

यस्तै सोही दुर्घटनामा पैदल यात्री भुवन सिंह भाट घाइते भएका छन्। क्रेन, क्रेन चालक र मोटरसाइकल ईलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।