गोदावरीको धनचौरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

Image
maya metro

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका ९ धनचौरी स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। बिहिवार  उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको रा१त ४६५३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो।

मृत्यु हुनेमा कञ्चनपुर कृष्णपुर नगरपालिका ६ मौरीफाटा बस्ने अन्दाजी ४० वर्षीय करन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

nisarga

ट्याक्टर चालक धनगढी उपमहानगरपालिका ६ जाली बस्ने ३६ वर्षीय बिरबहादुर चौधरी ट्याक्टर सहित प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।