प्रधानमन्त्री कप आजदेखि सुरु हुँदै, सुदूरपश्चिम सहित १० टिमको सहभागिता

Image
maya metro

धनगढी – प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप सुरु हुन लागको हो ।

टी–२० फर्म्याटमा हुने प्रतियोगितामा सुदूरपश्चिम सहित १० टिम प्रतिस्पर्धा गर्ने छन ।सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ र दुवै समूहको खेलपछि शीर्ष २–२ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

nisarga

समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र सुदूरपश्चिम छन् भने समूह बी एपीएफ, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश २ छन् ।

सुदूरपश्चिमको टोलीमा सन्तोष भट्ट (कप्तान), खडकबहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकाश आग्री, आदित्य महता, नारायण जोशी, शेर मल्ल (उपकप्तान), वसन्त कार्की, अर्जुन साउद, राजु रिजाल (विकेटकिपर), दीपक टमटा र कैलाश ऐर रहेका छन । त्यस्तै वैकल्पिक खेलाडीमा नरेन भट्ट, अनुराग सिंह, सत्यराज विष्ट र मिलन बोहरा रहेका छन ।

सुदूरपश्चिमको टिमका प्रशिक्षक खेमराज भट्ट रहेका छन भने म्यानेजर लक्ष्मण दत्त भट्ट रहेका छन ।

प्रतियोगिताका माघ ५ सम्म संचालन हुने छ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।