
महेन्द्रनगर – सुदूरपश्चिमका वरिष्ठ साहित्यकार बासुदेव भट्ट भाइसाबको ७८ वर्षको उमेरमा निधन भएको छ ।
केही वर्षयता बिरामीले थलिएका साहित्यकार भट्टको आइतबार राती भीमदत्त नगरपालिका–१८ कटान आफ्नै घरमा निधन भएको बताइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय स्थापना समितिका अध्यक्ष समेत रहेका भट्ट सिद्धनाथ बहुमुखी क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष हुन । उनी महाकाली साहित्य संगमका संस्थापक अध्यक्ष पनि हुन ।भट्टको निधनले साहित्य र संस्कृति क्षेत्रमा अपुर्ण क्षति पुगेको महाकाली साहित्य संगमका पूर्वउपाध्यक्ष हेमबाबु लेखकले बताए ।
लोकसाहित्य र लोकसंस्कृतिका अध्येता भट्टको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मा वि.सं. २००० असार १५ गते भएको थियो ।सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा भट्टको महत्वपूर्ण योगदान रहेको छ ।
भट्टले लोक साहित्य र लोकसंस्कृतिको क्षेत्रमा कलम पनि चलाएका छन् । उनका डेढ दर्शन बढी पुस्तक प्रकाशित भएका छन् ।















