
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले बिहिबार पालिकाका ८ र ९ नम्बर वडाका गिट्टी कुटेर जीविकोपार्जन गर्ने ३१ जना अति विपन्न महिलाहरुलाई गिट्टी कुट्दा प्रयोग हुने सामग्रीहरु वितरण गर्यो ।
सामग्री हस्तान्तरण र ग्रहणका लागी सहज होस भनेर आयोजक रहेको महिला तथा बालबालीका शाखाका कर्मचारीले कार्यक्रम सुरुहुनु भन्दा पहिले नै वितरण गरिने सामग्रीहरु व्यत्ति अनुसार छुट्याएर राखेका थिए । सामान बुझ्न आएका ३१ जना मध्य चार जना पुरुष थिए भने बाँकी सबै महिला थिए । त्यहि भिडमा थिईन गोदावरी ९ की रम्भा नेपाली पनि । गिट्टी कुट्ने सामग्री बुझ्न रम्भा आफुमात्रै होइन आफ्नो चार महिने बच्चापनि संगै बोकेर आएकी थिइन ।


उनले आफ्नो छेउमा एउटा गत्ता,गत्तामाथी एउटा प्लास्टिकको बोरा राखेर न्यानो लुगाले बेरेर बच्चा सुताएकी थिईन । सुत्केरी अवस्थाका चार महिना पनी नकटाएकी उनलाई पनी लाग्दो हो बच्चा च्यापेर दिँउसभरि न्यानो पारेर बस्नपाए हुन्थ्यो । तर त्यो त रम्भाले सोच्ने मात्रै हो,सुत्केरी भएको १५ दिन नपुग्दै खुटीया नदीको किनारमा रहेको आफ्नो झुपडीको छेउमा हतौडा चलाउन सुरु गरेकी हुन् उनले ।
उनका श्रीमानले पनी गिट्टी कुट्ने काम गर्छन् । श्रीमानले त नगर भन्नुहुन्थ्यो तर नगरेर के गर्नु?घर खर्च नै चलाउन गाह्रो हुन्छ उनले भनीन् ।आर्थीक अवस्था नाजुक भएकै कारण पोषीलो खानेकुरा खान समेत नसकिने उनले सुनाईन् । नगरपालीकाबाट गिट्टी कुट्ने सामग्री पाँउदा भने खुसी लागेको उनले बताईन् ।
सम्बन्धीत समाचार:-https://www.sudurtimes.com/archives/28243















