मकर संक्रान्ति : गोदावरी धाममा दर्शनार्थीको घुँइचो

Image
maya metro

अत्तरिया  – आज मकर संक्रान्तिको दिन कैलालीको गोदावरी धाममा दर्शनार्थीको घुँइचो लागेको छ । कोरोना भाइरसको जोखीमका कारण गोदावरी धाम विकास समितिले अर्धकुम्भमेला स्थगीत गरेको भएपनी माघी स्नान गर्ने दर्शनार्थीको घँुइचो लागेको हो ।

दर्शनार्थीहरुले गोदावरी धाममा स्नान, पूजा पाठ यज्ञ अनुष्ठान, विवाह व्रतबन्ध, पुराण परायण ,लक्ष्य हवन लगाएतका धार्मिक कार्यहरु गरिएका छन । उनीहरुले कोरोना भाइरसको जोखीमलाई समेत बेवास्ता गरेका छन् ।

nisarga

धार्मिक परम्परा अनुसार माघको पहिलो दिन नजिकको तलाउ कुण्ड मा गएर स्नान गर्ने प्रचलन रहेको छ । गोदावरीमा माघ महिनामा स्नान गर्ने भक्तजनहरुका लागी स्नान कुण्ड सहित अन्य धार्मिक संरचनाहरु बनाइएको छ । गोदावरी धाममा आज दिनभर नै स्नान तथा दर्शन गर्ने भत्तजनहरुको भिड लाग्ने गर्दछ ।

फोटोमा हेर्नुस श्रद्धालु भत्तजनको घुँइचो:-