लम्कीमा मोटासाईकलको ठक्करबाट महिलाको मृत्यु, पुर्वपश्चिम राजमार्ग अवरुद्ध

Image
maya metro

अत्तरिया – कैलालीको लम्कीमा मोटासाईकलको ठक्करबाट महिलाको मत्यु भएको छ । आइतबार करिब ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ आँउदै गरेको से ६ प ८७८६ नम्बरको मोटासाईकलले लम्कीचुहा नगरपालीका ४ बलीया नजीकै स्थानीय पैदलयात्री मनसरा जैशीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएकी जैशीलाई उपचारको लागी नेपालगजं मेडिकल कलेज लगिएकोमा राती १२ बजे उनको मृत्यु भएको ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल सहित चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । अहिले मृतकका आफन्तले उचित क्षतिपुर्तीको माग गर्दै पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

nisarga