

धनगढी – कैलालीको धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उप–महानगरपालिका – २ मा रहेको ग्लोबल मोबाईल ग्यालरीबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी–५ का पसल सञ्चालक दोर्णबहादुर रावल, वडा नमबर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी उप–महानगरपालिका– २ ट्राफिकचोकमा दोर्णबहादुर रावलले सञ्चालन गरेको ग्लोबल मोबाइल ग्यालरीमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
