कैलालीमा आजदेखि सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य

Image
maya metro

अत्तरिया – कैलालीमा आजदेखि सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना भाइरसको जोखिम बढ्दै गएपछि एक सूचना जारी गर्दै आजदेखि लागू हुनेगरी सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीले पुस २८ गते जारी गरेको आदेश अनुसार आज देखि खोप कार्ड अनिवार्य गर्न लागिएको हो ।जिल्ला कोभिड व्यवस्थापन समितिले कोरोनाको नयाँ भेरियन्ट सहितको संक्रमणलाई मध्यनजर गर्दै सार्वजनिक स्थानहरु कार्यलय, होटल, रेष्टुरेन्ट, रंगशाला आदि ठाउँमा जाँदा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य गरेको प्रासनद्वारा जारी सूचनामा उल्लेख छ।

nisarga

कोरोनाको जोखिम बढे पछि बसेको बैठकले थप २५ निर्णय गर्दै कडाइका साथ लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।

बैठकले सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने कृयाकलाप माघ मसान्त सम्म संचालनमा रोक लगाउने निर्णय गरेको छ । गोष्ठी सेमिनार, समिक्षा बैठक जस्ता क्रियाकलापहरु संचालन गर्दा पनि भर्चुअल माध्यमबाट नर्गे बैठकले निर्णय गरेको छ । बैठकले नेपाल भारत सीमा भएर भारतमा अत्यावश्यक काम बाहेक सामान किनमेल लगायतका अन्य कामले सीमानाकामा ओहोरदोहोर गर्न समेत रोक लगाएको छ ।