Attariya Hospital Pvt.Ltd.

तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने

padma
milan sunchadi

काठमाडौं – महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो।

सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँच पु¥याउन घोरेटो बाटो निर्माण सुरु गरिएको थियो। गत आवमा ठेक्का भएको सो घोरेटोको निर्माण चालू आवमा सुरु भएको स्थानीय पूर्वाधार विभागका प्रवक्ता शङ्करप्रसाद पण्डितले बताए। यही आवमा सकाउनुपर्नेमा अन्यत्र काम भइरहे पनि केही खण्डमा कठीन चट्टानका कारण समस्या रहेको छ। झण्डै एक किमी खण्डमा कडा चट्टान नै चट्टान रहेको छ। उनले भने, “त्यो खण्डबाहेक अरुतिर निर्माण सकिनेछ।”

यसको निर्माण सम्पन्न हुँदा व्यास गाउँपालिकाको छाङ्गरु, तिङ्कर, दुम्लिङ, कल्जु, माललगायतका स्थानका बासिन्दालाई सुविधा पुग्ने उनले बताए। स्थानीयवासीलाई जिल्ला सदरमुकामसम्म पुग्न भारतीय भूमि पुग्नुपर्ने बाध्यता हट्ने बताइएको छ। खासगरी सङ्घीय सरकारले राष्ट्रिय महत्वका सडक निर्माण गर्ने भए पनि सडक र घोरेटो बाटो दुवै नहुँदा स्थानीयवासीको जनजीवन कठीन भएकाले यसको निर्माण सङ्घीय बजेटबाट नै भइरहेको हो।

Siddi ganesh

अहिले घोरेटो निर्माण भइरहेको ठाउँ महाकाली किनारमा भिरमा रहेको प्रवक्ता पण्डितले बताए। यसको लम्बाइ झण्डै २६ किमी रहने बताइएको छ। छब्बिस किमीमध्ये पनि कतिपय खण्डमा विगतदेखि नै राम्रो अवस्थामा भइरहेकाले अहिले थप काम गर्न नपर्ने प्रवक्ता पण्डितले बताए। त्यसमा बीचबीचमा काम गर्नुपर्नेमा काम भइरहेको छ। महाकाली राजमार्ग निर्माण पनि घोरेटोको नजिकै रेखाङ्कन हुनसक्ने उनले बताए। कठिन भूगोलका कारण विस्तार हुन नसकेको ठाउँबाहेक त्यो चौडाइ कायम हुने विभागले जनाएको छ।

घोरेटो नियमित सञ्चालनका लागि दुई पुल पनि निर्माण हुँदैछ। ठाउँठाउँमा पर्खाल हुनेछन् भने कतैकतै कटिङ गरेर विस्तार गरिने प्रवक्ता पण्डितले बताए। कडा चट्टान भएका ठाउँमा भने एक किमी मात्रै चौडाइ हुनसक्ने उनको भनाइ छ। नेपाल–भारत सीमा हुँदै चीनको सीमामा पर्ने लिपुलेकसम्म पुग्ने सो घोरेटोे बाटोको बजेट जम्मा रु चार करोड छ । खासगरी दार्चुलाका दुर्गम क्षेत्रका नागरिक यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ ।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.