
कञ्चनपुर – कञ्चनपुरमा खानामा मुसा मार्ने विषादी हाल्दा एकै परिवारका ५ जना बिरामी भएका छन्। मंगलबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका– ६ मा दालमा मसलाको सट्टा गल्तीले विषादी पर्दा उनीहरु बिरामी परेका हुन्। विषादीयुक्त खाना खाएर ६५ वर्षीया रमादेवी विष्ट, ४५ वर्षीया कलावती, १७ वर्षीया सरिता, १४ वर्षीय शमिर र ८ वर्षीय समिक्षा बिरामी परेको आफन्तले पुष्करबहादुर सिंहले बताए।
दालमा गल्तिले मसलाको सट्टा विषादी हालीएको र त्यहि खाएर उनीहरु बिरामी परेको जनाईएको छ । घटनापछि बिरामी परेका उनीहरुलाई धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको छ। उनीहरुको उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
















