कोरोना सर्ने जोखीम रहेको भन्दै बझाङमा कैदीबन्दी भेटघाटमा रोक

Image
maya metro

बझाङ – कोरोना सर्ने जोखीम रहेको भन्दै बझाङमा कैदीबन्दी भेटघाटमा रोक लगाईएको छ ।

भेटघाटका क्रममा कैदीबन्दीलाई कोरोना सर्न सक्ने भन्दै प्रशासनले रोक लगाएको जिल्ला कारागार बझाङले बताएको छ ।

nisarga

अर्को सुचना जारी नभए सम्मको लागि हाललाई भेटघाट बन्द गरिएको बझाङ कारागार प्रमुख धन बहादुर घर्तीले बताएका छन् ।

नयाँ भेरियन्ट पहिलेको भन्दा जटिल भएकाले भेटघाटमा प्रतिबन्ध लगाउँदै आफन्तलाई गेटबाट फर्काउने गरेको उनको भनाइ छ ।

जिल्ला अदालत बझाङले सजाय वा पुर्पक्षमा पठाउने कैदीबन्दीलाई कोरोना परीक्षण अनिवार्य गरिएको जनाएको छ।