
बझाङ – बझाङमा एक चितुवा मृत फेला परेको छ । बुँगल नगरपालिका–४ को रम्तेली गाँउनजिकै गोली लागेको अवस्थामा चितुवा मृत अवस्थामा फेला परेको हो ।
स्थानीय सुरेश कुवँरले चितुवालाई गोली लागेको बताए । उक्त चितुवालाई सिकारीले गोली हानेको र चितुवा भाग्ने क्रममा गाउँ नजिकै मरेको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाको अनुसन्धान गर्न प्रहरी उक्त स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।















