पछिल्लो २४ घण्टामा विश्वभर २६ लाखभन्दा धेरैमा कोरोना संक्रमण

Image
maya metro

विश्वभर थप २६ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा २६ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ।

थपिएका संक्रमितमध्ये अमेरिकामा १ लाख ८९ हजार, भारतमा २ लाख २९ हजार, ब्राजिलमा २ लाख७ हजार, इटलीमा १ लाख ३७ हजार, जर्मनीमा १ लाख ४३ हजार रहेका छन्। विश्वभर संक्रिय संक्रमितको संख्या ७ करोड २७ लाखभन्दा बढी छ।

nisarga

यस्तै‚ पछिल्लो २४ घण्टामा थप ७ हजार ६२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा १ हजार ११८, भारतमा ८९२, ब्राजिलमा ६९५, फ्रान्समा १७८, बेलायतमा २९६ ,रसियामा ६६८, टर्कीमा १४७, इटालीमा ३७७, अर्जेन्टिनामा १७९, कोलम्बियामा २७२, मेक्सिकोमा ४६७ र पोल्याण्डमा २३१ जनाको कोरोनाबाट मृत्यु भएको हो।