विश्वभर संक्रमितको सङ्ख्या ३७ करोड ५० लाख नाघ्यो

Image
maya metro

विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड ५० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २० लाख ६५ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड ५० लाख १३ हजार १ सय ८४ पुगेको हो।

 संक्रमितमध्ये अहिलेसम्म २९ करोड ६२ लाख निको भएका छन्। गत २४ घण्टामा मात्रै १७ लाख २२ हजार सङ्क्रमण मुक्त भएका छन्।

nisarga

यस्तै २४ घण्टामा ५ हजार ५ सय कोरोना सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ८१ हजार नाघेको छ। अझैपनि ७ करोड ३० लाख सक्रिय सङ्क्रमित रहेकामा ९४ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको जनाइएको छ।