कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने राजेश बमले चलाएको सुपप्र ०२०००३ प ८९३८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।

अनियन्त्रित भएर रूखमा ठोक्किँदा चालक १८ वर्षीय बमको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार पुस्कर बम घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

nisarga