एमाले गोदावरीको बन्दसत्र भोलि हुने

Image
maya metro

अत्तरिया – नेकपा एमाले गोदावरी नगर अधिवेशनको बन्द सत्र भोलि (मंगलबार) हुने भएको छ । एमाले गोदावरीले एमालेका केन्द्रिय सचिव लेख राज भट्टको प्रमुख आतिथ्यमा कार्तिक १५ गते प्रथम नगर अधिवेशनको उद्घाटन गरिएको थियो ।

उद्घाटन सत्र सम्पन्न भएको झण्डै ४ महिना पछि बन्द सत्र हुन लागेको हो ।

nisarga

उद्घाटन सत्रको दोस्रो दिन नै नगर कमिटी चयनका लागि बन्द सत्र बसेको भएपनि सहमति हुन नसक्दा अनिश्चित कालका लागि स्थगित भएको थियो । बन्द सत्र पुनः अत्तरियाको नमस्ते होटलको पार्टी प्यालेसमा हुने जनाइएको छ ।

नगर अध्यक्ष गोकर्ण भट्टले कोभिड १९ लाई मध्यनजर गर्दै प्रतिनिधिमुलक सहभागीता जनाइ बन्द सत्र सन्चालन गर्न लागिएको बताए । उनले नयाँ नेतृत्व सहमतिमै चयन गरिने बताएका छन ।

एमाले गोदावरीका ११ जना वडा अध्यक्षहरुले नगरकमिटि सिघ्र सन्चालन गरि पार्टीभित्रको विवाद समाधान गर्न माग गत बिहिबार मात्रै पार्टीका कैलाली जिल्ला अध्यक्ष रतन थापालाइ ज्ञापनपत्र बुझाएका थिए ।