
कञ्चनपुर – कञ्चनपुरबाट चरेस सहित एक जना पक्राउ परेका छन । कृष्णपुर नगरपालिका – ६ मौरीफाँटाबाट चरेश सहित ३० बर्षिय रमेश लुहार पक्राउ परेका हुन ।
बेचबिखनका लागि घरमा लागुपदार्थ राखेको गोप्य सूचनाका आधारमा खानतलासी गर्दा ३ सय ६० ग्राम चरेस पलङ मुनि लुकाएर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय गुलरीयाको टोलीले चरेससहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताएका छन् ।

पक्राउ परेका लुहारमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।














