अफगानिस्तानबाट कुकुर र बिरालोको सफल उद्धार

Image
maya metro

काबुल – पाँच महिने अभियानपछि अफगानिस्तानबाट कुकुर र बिरालोको सफल उद्धार गरिएको छ। ‘मिसन पोसिबल’ नाम दिइएको पाँच महिने सो अभियानमार्फत् कुकुर र बिरालोको सफल उद्धार गरिएको हो।

जनावर संरक्षककर्मीहरुले मंगलबार राति पाँच महिना लामो प्रयासपछि अफगानिस्तानमा फसेका कुकुर र बिरालोको उद्धार गर्न सफल भएका हुन्। उद्धारपछि ती घर पालुवा जनावरहरुलाई विमानमार्फत् क्यानडाको भ्यानकुभरमा पुर्‍याएको ग्लोबल न्युजमा खबर छ।

nisarga

गएको अगष्टमा तालिवानले अफगानिस्तान कब्जामा लिएपछि कैयौं मानिसले अफगानिस्तान छोड्न बाध्य बनेका थिए। सो समयमा कुकुर र बिरालोलाई अफगानिस्तानमै छोडेर मालिकहरु स्वदेश फिर्ता भएका थिए।

अफगानिस्तानमा छुटेका १५४ कुकुर र १३२ बिरालोको सफल उद्धार गरिएको बताइएको छ। एसपीसीए इन्टरनेसनलले काबुल स्पल एनिमल रेस्क्यु, वार पज, मार्लिज मट र आदि निकायसँगको सहकार्यमा सो उद्धार कार्य गरिएको बताइएको छ।