
बझाङ – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बझाङले प्रदर्शन गरेको छ।
कोरोनाका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै अनेरास्ववियू बझाङले राँकोसहित प्रदर्शन गरेको हो।

बझाङको सदरमुकाम चैनपुरमा भएको प्रदर्शनमा सहभागीले, भ्रष्टाचारी सरकार राजीनामा दे,जनता मार्न पाइँदैन, हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ जस्ता नारा लगाएका थिए।
मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने साथै भोलि जिल्ला प्रशासन कार्यालय बझाङ अगाडि धर्ना दिने कार्यक्रम रहेको समेत अनेरास्ववियुले जनाएको छ।















