
विश्वभर थप २८ लाखमा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि भएको छ। गत २४ घण्टामा २८ लाख ६० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका हुन्। योसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३८ करोड ४९ लाख नाघेको छ।
३० करोड ४८ लाख कोरोना मुक्त भएका छन्। गत २४ घण्टामा मात्रै १९ लाख ९५ हजार निको भएका छन्। यस्तै २४ घण्टामा १० हजार बढीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख १६ हजारभन्दा धेरै छ।

विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ कारोड ४३ लाख रहेको छ।















