भारतीय अभिनेता रमेश देवको निधन

Image
maya metro

नयाँ दिल्ली – चर्चित मराठी, बलिउड अभिनेता अमिताभ बच्चन, राजेश खन्ना लगायतका धेरै चर्चित कलाकारहरूसँग स्क्रिन सेयर गरेका बलिउड अभिनेता रमेश देवको हृदयघातका कारण निधन भएको समाचार बीबीसी हिन्दीमा छ।

उनी ९३ वर्षका थिए। उनले चार दिनअघि मात्रै ९३ औं जन्मदिन मनाएका थिए। उनको मृत्यु मुम्बईको धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा भएको हो।

nisarga

‘आरती’ बाट हिन्दी फिल्मी यात्रा सुरु गरेका रमेश देवले धेरै फिल्ममा अभिनय गरेका छन्। सरस्वतीचन्द्र, आनन्द, आपकी कसम, मेरे सपना, अन्धा माङ्गता एक डोला (मराठी), तीन बहुरनिया, पतिता जस्ता धेरै चर्चित फिल्महरूले उनलाई पहिचान दिएका छन्।