
अत्तरिया – कैलालीमा अत्तरियाको मुख्य बजार सरसफाइकालागी २० जना महिला खटाईएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोदावरी नगरपालीकाले अत्तरियाको मुख्य बजारक्षेत्र सरसफाइका लागी उनीहरुलाई खटाएको हो । बजार परिसर सफाइ टोलीमा गोदावरी नगरपालीका वडा नम्बर १ जित्तलपुर बस्ती र वडा नम्बर ३ स्थीत वादी समुदायका महिला रहेको गोदावरी नगरपालीकाका रोजगार संयोजक रामलाल भट्टले जानकारी दिए ।


उनले २० जना महिलाहरुलाई अत्तरिया बजार परिसरमा थुप्रीएको फोहोर उठाउने,झाडो लगाउने, नाली सफा गर्ने र केहि शाखा सडकहरु समेत सफा गर्न भनी खटाईएको बताए । बुधबार उनीहरु रिङरोडमा सरसफाइ गरिरहेका थिए । सरसफाइ टोलीको नेतृत्व गरिरहेकी फुलमती डगौराले बिहानैदेखी काम गरिरहेका आफुहरुको ज्याला कम भएको गुनासो गरिन् ।
उनले भनीन् काम गाह्रो छ तर जयाला कम छ हाम्रो । सरसफाइ गरिरहेकी अर्की महिला मीना साँँउदले अन्त काम गर्दा ६०० रुपैँया ज्याला पाइने भएपनी रोजगार कार्यक्रमले ५७७ रुपैँया मात्रै ज्याला दिएको गुनासो गरिन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोदावरी नगरपालीकाले बाटोघाटो सरसफाइ,गोरेटो बाटो निर्माण,सडक निर्माण,पोखरी खन्ने लगायतका काम गराँउदै आएको छ ।















