आज विश्व क्यान्सर दिवस मनाइँदै

Image
maya metro

काठमाण्डाै – आज विश्वभर क्यान्सर दिवस मनाइँदैछ । यस वर्षदेखि निरन्तर तीन वर्षसम्म ‘क्यान्सर उपचारमा रहेको ग्याप हटाउँ’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ । नेपालमा क्यान्सरको क्षेत्रमा सक्रिय सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् ।नेपालमा ३२ हजार क्यान्सरका बिरामी छन् ।

रोग लुकाउने गर्दा यो सङ्ख्या अझ धेरै रहेको विश्व स्वास्थ्य सङ्गठनको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष करिब एक करोड ८० लाख मानिसमा क्यान्सर रोग लाग्ने गर्दछ । तीमध्ये ८५ लाख महिला छन् । तीमध्ये जीवनको चौथो र पाँचौँ दशकमा उत्पादनशील जीवनयापन गरिरहेका महिलामा क्यान्सर रोगको प्रभाव बढी रहेको छ ।

nisarga

 विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिसा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ ।

नेपाल सरकारले क्यान्सर रोग लागेका बिरामीलाई उपचारमा एक लाख रुपैयाँ सहुलियत दिने गरेको छ । साथै प्रदेश सरकार र पालिकाले पनि सहुलियत दिन थालेका छन् । क्यान्सर रोग सुरुवाती चरणमै पत्ता लागे उपचारपछि निको हुने डाक्टरले बताउँदै आएका छन् ।

 पुरुषमा फोक्सो, पेट, हड्डी र रगतको क्यान्सर तथा महिलामा मुख्यगरी स्तन क्यान्सर, डिम्बासयको क्यान्सर र पाठेघरको क्यान्सर धेरै देखिने गरेको छ ।