हिमपातले अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालन

Image
maya metro

धनगढी  – भारी हिमपातका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । डोजर र नेपाली सेनाले हिउँ पन्छाएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज साँझबाट सञ्चालमा आएको छ ।

बिहीबारदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको थियो भने सयौं गाडी र हजारौं यात्रुहरु अलपत्र परेका थिए । आज बिहानैदेखि हिमपात रोकिएपछि डोजर र नेपाली सेनाले हिउँ पन्छाएको हो ।

nisarga

राजमार्गमा भएको बाक्लो हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जननाएको छ । राजमार्ग सुचारु भएसँगै बाटोमै अलपत्र परेका यात्रु र सवारी गन्तव्यतर्फ लागेका छन् । डडेल्धुराको साहुखर्क र हगुल्टे लेकमा बाक्लो हिउँ जमेको थियो।