हिउँले कठ्याङ्ग्रिएर जुम्लामा महिलाको मृत्यु

Image
maya metro

जुम्ला – तातोपानी गाउँपालिका-८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ। माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको मृत्यु भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए। उन अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला जैकुवाँराको माघ २१ गते मृत्यु भएको हो।

‘पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु भएछ,’ देवीलालले भने, ‘गाउँ फर्केर नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जंगलमा मृतावस्थामा भेटियो।’

nisarga

उक्त घटनास्थल जुम्ला सदरमुकाम खलाङ्गाबाट एक दिनको बाटो भएकोले प्रहरी पुग्न नसेकेको उनले बताए।

रासस