हिउँमा फसेकालाई राहत दिएर फर्कियो सेनाको हेलिकप्टर

Image
maya metro

जुम्ला – जुम्लाकाे गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेकाहरूलाई खानेकुरा छाेडेर नेपाली सेनाकाे हेलिकप्टर फर्किएको छ ।

गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका वेला हिउँमा फसेका व्यक्तिलाई उद्धार गर्न कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएको थियो।

nisarga

बिहीबार भएको हिमपातका कारण जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा गएका तातोपानी–८ का ३४ जना स्थानीय बासिन्दा हिउँमा फसेको सूचना स्थानीयले दिएका थिए।

स्थानीयका अनुसार पाटन क्षेत्रको गाग्रीलेकको ऐडी ओडारमा १४/१५ जना‚ गाग्री ओडारमा ६/७ जना र खोटी सल्लामा ३/४ मा जना देखिएको बताइएको छ।

बाक्लो हिउँ जमेकाले उनीहरू सहजै रूपमा घर फर्कने अवस्था नभएकाले जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले कर्णाली प्रदेश सरकारलाई आग्रह गरेकी थिइन्।

जडिबुटी (खिरौंलो) कोर्न गएका गएका ३४ जना हिउँमा फसेको खबर आएको थियो। त्यसै सूचनाअनुसार हेलिकोप्टर पठाइए पनि ल्याण्ड गर्ने अवस्था थिएन।

कर्णाली प्रदेश सरकाले सुर्खेतबाट पठाएको हेलिकप्टरले हिउँका कारण तीन ठाउँमा फसेका नागरिकहरूलाई राहत दिएर फर्किएको हाे ।

नन्द वक्स गण जुम्लाका गणपति रविन थापाले हिउँमा फसेकाहरूलाई भोकबाट बचाउन खानेकुरा खसालेर हेलिकप्टर फिर्ता भएको हाे । उहाँका अनुसार तातोपानी गाउँपालिका ८ मा रहेका गाग्रा, ऐडी ओडार र खोटेसल्लामा खानेकुरा खसालेर हेलिकप्टर फिर्ता भएको हो ।

स्थानीयवासी सुरतबहादुर शाहीसहितकाे टाेली चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा गएकाे थियाे ।