आइतबार सुदुरपश्चिममा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

Image
maya metro

अत्तरिया – आइतबार सुदुरपश्चिममा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ५८ जनाको एन्टिजेन र ६ जनाको पीसीआर परीक्षण गर्दा आज ६५ जनामा संक्रमण पुष्टि भएको हो।

आज संक्रमण पुष्टि भएकामध्ये १८ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ९३८ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा ३ हजार १०७ जना सक्रिय संक्रमित पुगेका छन्।

nisarga