ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी अठार वर्षपछि पक्राउ

Image
maya metro

अत्तरिया – कञ्चनपुरमा ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी अठार वर्षपछि पक्राउ परेका छन्। बेलडाँडी गाउँपालिका–१ का ४२ वर्षीय देव सिंह धामी अठार वर्षपछि हिजो पक्राउ परेका हुन्

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वारदात गरी विसं २०६० साल जेठ १५ गतेदेखि फरार रहेका धामीलाई दोधारा चाँदनी नगरपालिका–१ मा लुकिछिपी बसेका बेला पक्राउ गरिएको जनाएको छ ।

nisarga

 पक्राउ परेका धामीलाई हिजो नै कञ्चनपुर जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।