
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १२ मा निःशुल्क सिलाईकटाई तालीमको उद्घाटन गरिएको छ । गोदावरी नगरपालीकाको समुन्वय तथा मानवीय सेवामा अनेकौँ प्रयास ( साइन नेपाल) संस्थाको आयोजनामा एक औपचारीक कार्यक्रमकाबीच तालीमको उद्घाटन गरिएको हो ।
तिन महिनासम्म सञ्चालन हुने उत्त तालीममा गोदावरी नगरपालीका वडा नम्बर १२ ले सिफारीस गरेका २० जना महिलाहरुको सहभागीता रहेको छ । सँस्थाको केयर एन्ड रिलिफ परियोजना अन्तर्गत ३ महिने सिलाईकटाई तालीमको आयोजना गरिएको सँस्थाका अध्यक्ष भत्तराज जोशीले जानकारी दिए ।

उनले महिलाहरुको आर्थीक स्तर सुधार गर्ने उदेश्य सहित तालीमको आयोजना गरिएको बताए । अध्यक्ष जोशीले गोदावरी नगरपालीकाका अन्य वडाहरुमा पनी तालीम सञ्चालनको लागी समुन्वय भइरहेको बताएका छन् ।































