कैलालीमा दुर्लभ सालकसहित एकजना पक्राउ

Image
maya metro

कैलाली – कैलालीमा दुर्लभ वन्यजन्तु जीवित सालकसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका १ का जनक चौधरी रहेका छन् ।

चौधरीले सालक लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको संयुक्त टोलीले सोमबार दिउँसो उनलाई जीवित सालकसहित फेला पारी पक्राउ गरेको हो।

nisarga

उनलाई सालकसहित आवश्यक अनुसन्धानको लागि सव डिभिजन वन कार्यालय लम्की पठाइएको प्रहरीले जनाएको छ।