मंगलबार सुदूरपश्चिममा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Image
maya metro

अत्तरिया – मंगलबार सुदूरपश्चिम प्रदेशमा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३५ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार १ हजार २१८ जनाको एन्टिजेन र ११७ जनाको पीसीआर परीक्षण गर्दा १०६ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामध्ये ३१ जना आजै भारतबाट फर्केका नागरिक हुन् ।

nisarga

२४ घण्टामा सुदूरपश्चिमका नाका भएर १ हजार ४५ जना स्वदेश फर्केका छन् । प्रदेशमा सक्रिय संक्रमितको  संख्या  २ हजार ३८२ पुगेको छ ।