
अत्तरिया – बुधबार सुदूरपश्चिममा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक हजार २४१ नमुना परीक्षण गर्दा थप ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार एक हजार १४६ जनाको एन्टिजेन र ९५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएका मध्ये २० जना आज नै भारतबाट फर्किएका नागरिक हुन् । आज सुदूरपश्चिमका नाका भएर १ हजार १७६ जना स्वदेश फर्केका छन् ।





























