धनगढीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ७ जना घाइते

Image
maya metro

अत्तरिया – धनगढीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएको छन। बिहीबार राति धनगढी उपमहानगरपालिका-१४ सि गाउँमा सुपप्र ०१०२ त ५३७२ नम्बरको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना भएको हो।

मनेहराबाट जन्ती बोकेर हसुलिया जाने क्रममा ट्र्याक्टर अचानक पल्टिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। दुर्घटनामा घाइते भएकाको अवस्था सामान्य रहेको बताइएको छ। ट्र्याक्टर चालक मनहेराका ३० वर्षीय विष्णु चौधरीलाई ट्र्याक्टरसहित जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ

nisarga