यौनजन्य क्रियाकलापमा संलग्न पांँच जना पक्राउ

Image
maya metro

चितवन – यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा नारायणगढबाट पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहार घर भई हाल भरतपुर महानगरपालिका–२ डेरा गरी बस्ने मोहम्मद इम्तियाज, भरतपुर महानगरपालिका–१ बस्ने सन्जोग महरा, नवलपरासी बौदिकाली गाउंँपालिका–६ का मुस्कान ठकुरी, भरतपुर महानगरपालिका–७ का रोशनी मगर र नवलपरासी देवचुली नगरपालिका–२ घर भएकी सो होटल सञ्चालिका कल्पना महरा रहेकी छिन्।

nisarga

जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले लायन्स चोकस्थित नारायणगढको कल्पना होटल एण्ड लजबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।