बर्डफ्लु भेटीएपछी दुई हजार कुखुरा नष्ट

Image
फाईल फोटो
maya metro

काठमाडौं – चितवनमा वर्डफ्लू देखिएको छ। राप्ती नगरपालिका–६ भण्डारामा रहेको अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।

कुखुरा मर्न थालेपछि गत २५ नमुना संकलन गरी काठमाडौं ल्याइएको थियो। २७ गते आएको रिपोर्टमा बर्ड फ्लू पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। त्यसपछि सो फर्ममा रहेका २ हजार कुखुरा नष्ट गरिएको जानकारी दिए। उक्त फर्मको १०० मिटर वरपर रहेका पक्षी नष्ट गर्न निर्देशन दिइसकेको पनि तामाङले बताए।

nisarga

पशु सेवा विभागका सूचना अधिकारी डाक्टर चन्द्र अधिकारीले पनि बर्डफ्लू पुष्टि भएको जानकारी दिँदै यसबारे विस्तृत विवरण प्रेस विज्ञप्ती मार्फत जनाकारी दिने बताए।